इटहरी : लायन्स वर्ष २०२५ का लागि तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी सर्वसम्मत चयन भएका छन्।
'डिस्ट्रिक्ट ३२५ सि' अन्तर्गतको क्लबको प्रथम उपाध्यक्षमा भक्त पुरी, दोस्रो उपाध्यक्षमा दीपक पुरी,सचिवमा थरेन्द्र अधिकारी र कोषाध्यक्षमा रूपनारायण चौधरी चयन भएका छन्।
क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई आज तरहरामा आयोजित एक कार्यक्रममार्फत जिम्मेवारी हस्तान्तरण गरिएको हो।
वर्तमान अध्यक्ष शारदा खड्का, लायन्स ग्याट एरिया ४ का कोअर्डिनेटर दुर्गा पौडेल, जोन चेयरपर्सन मुक्तिनाथ घिमिरे तथा पूर्व अध्यक्ष शिव रुम्दालीले संयुक्त रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष पवन अधिकारीले सबैको सहभागितामा उत्कृष्ट कार्य गर्दै क्लबलाई अझ सक्षम बनाउने प्रतिबद्धता जनाए।
सो अवसरमा क्लबमा नयाँ सदस्यका रूपमा भोजमान श्रेष्ठ, सञ्जीव वाग्ले, सुनिल ओझा र प्रकाश गौतमलाई स्वागत गरिएको थियो।
लायन्स क्लबको नयाँ कार्यकाल सन् २०२५ जुलाई १ असार (१७) बाट सुरु हुँदैछ। 'डिस्ट्रिक ३२५ सि' को २०२५ का लागि गर्भनरमा बबरजंग थापा चयन भइसकेका छन ।
प्रतिक्रिया