अफगानिस्तान : पाकिस्तान र इरानबाट एकैदिन १,६८५ अफगानी परिवारका ७,४७४ सदस्यहरू स्वदेश फर्किएका छन्।
अफगानिस्तानको उच्च आयोगले बुधवार दिएको जानकारीअनुसार मङ्गलवार ती शरणार्थीहरू अफगानिस्तानका विभिन्न नाकाबाट प्रवेश गरेका हुन्।
उनीहरूको अस्थायी बसोबास,खाना,पानी,स्वास्थ्य सेवा र यातायातका लागि आवश्यक सेवा प्रदान गरिएको आयोगले जनाएको छ।
हाल झन्डै ७० लाख अफगानी नागरिक विदेशमा शरणार्थीको रूपमा रहेका छन्,जसमा अधिकांश अनधिकृत आप्रवासी हुन्।
तीमध्ये धेरैजसो इरान र पाकिस्तानमा छन्। यी दुवै देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई स्वदेश फर्किन आग्रह गर्दै आएका छन्।
यसैबिच, अफगानिस्तानको अस्थायी तालिबान नेतृत्वले पनि विदेशमा रहेका शरणार्थीहरूलाई स्वदेश फर्कन र देशको पुनर्निर्माणमा हातेमालो गर्न आव्हान गर्दै आएको छ।
प्रतिक्रिया