भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ ।
गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो ।
किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यन्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उनले भनाइ छ ।
गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताइन् ।
महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया