मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको मध्य हुँदैगर्दा साँझ परेपनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरु झुम्किएका छन् ।
प्रतिक्रिया