राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै

बुधबार, १८ असार २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैङ्कले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

केन्द्रीय बैङ्कले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप सङ्कलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको सूचना मार्फत जनाएको छ । राष्ट्र बैङ्कले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधवार बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैङ्कले अनलाइन बिलिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिलिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ । 

निक्षेप सङ्कलनमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार