विराटनगर : मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा सोमबार कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो । १ सय ५९ वटा वडामा आर्थिक वर्ष २०८१ – ०८२ मा जन्मेदेखि १५ महिनाभित्रका १६ हजार ५ सय ५१ र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ जना गरी कूल ६० हजार ५ सय ८५ जना बालबालिकालाई खोप दिलाइ मोरङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले पूर्ण खोप सुनिश्चितताका लागि निरन्तर अभियानमा लाग्न आग्रह गरे । जिल्ला खोप समन्वय समिति मोरङका सदस्यसचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईंले दिगोपना निर्देशिका बमोजिम आवश्यक मापदण्ड पूरा गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जनाए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिनुपर्ने बताए ।
प्रतिक्रिया