बार्सिलोना : यस बर्ष युरोपमा अत्यधिक गर्मी महसुस गरिएको छ।
जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी बढे पछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ।
गत बिहीबार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठुलो भागहरू अत्यधिक रूपमा गर्मी बढेको निष्कर्ष निकालिएको थियो ।
जसअनुसार स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने फ्रान्समा जङ्गलमा आगलागी भएको छ ।
अध्ययनमा बार्सिलोना, म्याड्रिड, लन्डन र मिलान लगायत १२ सहरलाई समावेश गरिएको थियो, जहाँ तापक्रम यस बर्ष मात्रै औसत रूपमा ४ डिग्री सेल्सियससम्म बढेको थियो।
इम्पेरियल कलेज लन्डन र लन्डन स्कुल अफ हाई जिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस अवधिमा अनुमानित २ हजार ३०० मृत्यु मध्ये १ हजार ५०० जलवायु परिवर्तनसँग सम्बन्धित थिए, जसले तातो लहरलाई थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।
इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता डा बेन क्लार्कले जलवायु परिवर्तनले यसलाई पहिलेको तुलनामा धेरै तातो बनाएको जनाएका छन् र यसलाई अझ खतरनाक बनाउँदै लैजाने चेतावनी पनि उनले दिएका छन् ।
प्रतिक्रिया