बीपी प्रतिष्ठानप्रति निर्णयको विरोध : दलहरूले इलाका प्रशासनमार्फत गृहमन्त्रीलाई पठाए पत्र

आइतबार, २९ असार २०८२

धरान :  बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रबाट हटाएको निर्णयप्रति असन्तुष्टि जनाउँदै धरानका प्रमुख राजनीतिक दलहरूले गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आज आइतबार दलका प्रतिनिधिहरू धरान इलाका प्रशासन कार्यालयमा पुगेर गृहमन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र इलाका प्रशासन कार्यालय प्रमुख लक्ष्मीप्रसाद रेग्मीमालाई बुझाएका छन्। प्रमुख रेग्मीले पत्र लिँदै तत्कालै गृह मन्त्रालयमा पठाउने बताएका छन्।

 ध्यानाकर्षण पत्र नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजङ्ग एभेङ, माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बू, जसपा नेपालका ताजुब लिम्बू, नेकपा एसका रेवतीरमण राई र धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष मनोज भट्टराईलगायतको सहभागितामा उक्त पत्र बुझाएका  थिए।

 स्थानीय स्तरमा प्रतिष्ठानको सेवाबाट ठुलो सङ्ख्यामा जनता लाभान्वित हुँदै आएका कारण यस निर्णयप्रति चासो व्यक्त गर्दै राजनीतिक दलहरूले पुनर्विचारको माग गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार