धरान : वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विमीत नागरिकलाई अबदेखि ‘प्रथम सेवा केन्द्र’को रूपमा सेवा नदिई केवल ‘प्रेषण केन्द्र’ मार्फत मात्र सेवा दिने निर्णय लिएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगर समितिले आपत्ति जनाउँदै तत्काल निर्णय सच्याउन माग गरेको छ।
वि.पी. प्रतिष्ठानले साउन १ गतेदेखि लागू हुनेगरी जारी गरेको निर्णयअनुसार अब विमीत नागरिकले प्रत्यक्ष उपचार सेवा नपाउने, बरु रेफर भएर मात्र सेवा पाउने व्यवस्था लागू हुने बताइएको छ। यो निर्णय स्वास्थ्य बीमा बोर्डले वि.पी.लाई प्रेषण केन्द्रमा मात्र सीमित गरेपछि लिइएको हो।
तर रास्वपाले यो निर्णयले धरानवासी र आसपासका हजारौं नागरिकको स्वास्थ्य अधिकारमाथि सीधा आघात पुर्याउने भन्दै बिरोधस्वरूप ध्यानाकर्षण पत्र प्रतिष्ठानका उपकुलपतिलाई बुझाएको छ।
रास्वपाको ध्यानाकर्षण पत्रमा नगरमा कुनै पनि सरकारी अस्पतालको अभाव रहेको उल्लेख प्रथम सेवा केन्द्रको रूपमा कायम गर्न सकिने सुझाइएको छ।
नगर अध्यक्ष सुमन श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,
“विमीत सेवाग्राहीलाई अनावश्यक रेफर गरिने अवस्था सिर्जना गर्नु गैरजिम्मेवार निर्णय हो।”
रास्वपाले यो निर्णयले विमीत नागरिकलाई अतिरिक्त झन्झट, ढिलो उपचार र खर्चिलो स्वास्थ्य सेवा तर्फ धकेल्ने भन्दै खेद व्यक्त गरेको छ।
प्रतिक्रिया