काठमाडौँ : मकवानपुरको थाहा नगरपालिका–१ स्थित झम्केश्वरी माविका शिक्षक तथा नेपाल बैङ्कको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक रघुनन्दन यादवको निधनपछि उनका परिवारलाई बीमा रकम भुक्तानी गरिएको छ।
थाहा नगरपालिका–३ मा जेठ १२ गते सडक दुर्घटनामा निधन भएका यादवको परिवारलाई नेपाल बैङ्कले दुर्घटना बीमा दाबी बापत ५ लाख रुपैयाँ उपलब्ध गराएको हो।
बैङ्कले कर्मचारी तलब खाताअन्तर्गतको विशेष योजना अनुसार खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने व्यवस्था अनुरूप दाबी रकम अविलम्ब भुक्तानी गरिएको जनाएको छ।
एक विशेष समारोहका बिच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले मृतक यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै बीमा रकमको चेक उनकी श्रीमती अमिराकुमारी यादवलाई हस्तान्तरण गरे।
सो अवसरमा सिइओ पाण्डेयले नेपाल बैङ्कले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैँ प्राथमिकतामा राख्दै आएको र भविष्यमा पनि उत्कृष्ट सेवा तथा सुरक्षालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया