एमालेको केन्द्रीय कमिटी बैठक दोश्रो दिन सुरु

मंगलबार, ०६ साउन २०८२
File Photo

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालयमा आइपुगेसँगै एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

नवौं केन्द्रीय कमिटीको यो बैठक आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका लागि हो। बैठकको पहिलो दिन ४९ जना नेताले धारणा राखेका थिए भने आज पनि नेताहरूको धारणा राख्ने क्रम जारी रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

हिजो अधिकांश नेताहरूले विधान संशोधनको प्रस्तावमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमालाई हटाउने पक्षमा समर्थन जनाएका थिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार