पोखरा जग्गा काण्डमा मुछिएका मन्त्री पदमै, फास्ट ट्र्याक विधेयकले शंका उब्जायो : डा.कोइराला

बुधबार, ०७ साउन २०८२

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पोखरा जग्गा घोटाला प्रकरणमा मुछिएका एमालेका एक मन्त्रीले अझै राजीनामा नदिएको अवस्थामा भूमिसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट अघि बढाउने प्रस्तावप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।

उनले सामाजिक संजालमा भने, 'पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ'

पोखरा जग्गा प्रकरणमा संलग्न मन्त्री, सांसद, कर्मचारी तथा विचौलियामाथि निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए। साथै भूमिसम्बन्धी विधेयकमा समितिमा व्यापक छलफल हुनुपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार