इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तराईका सुख्खाग्रस्त क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै किसानहरूसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले अहिले आफू तराईका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरिरहेको र केहीबेरमै प्रभावित किसानहरूसँग प्रत्यक्ष भेटवार्ता हुने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सुख्खाका कारण पीडित बनेका किसानहरूको राहत तथा सहायताका लागि सरकारले केही दिनअघि नै विशेष निर्णय गरिसकेको उल्लेख गरे ।
प्रधानमन्त्रीको भ्रमणसँगै सरकारका तर्फबाट राहत कार्यक्रमको तयारी तीव्र पारिएको जनाइएको छ ।
प्रतिक्रिया