टेराम्याक्स भ्रष्टाचार प्रकरण: पूर्व प्राधिकरण अध्यक्ष दिगम्बर झा ३ लाख धरौटीमा रिहा

आइतबार, ११ साउन २०८२
तस्बिर : फाइल

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई धरौटीमा छोड्न आदेश भएको छ ।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका झालाई ३ लाख धरौटीमा छोड्न आदेश भएको हो ।

अदालतका प्रवक्ता यज्ञराज रेग्मीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा आइतबार अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

अख्तियारले गत जेठ १ मा प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत सहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ मा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार