खोलाले बगाउँदा दिदी बहिनीको मृत्यु

शुक्रबार, १० असोज २०८२

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटस्थित खुर्पा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको बगेर मृत्यु भएको छ।

धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंह शुक्रवार दिउँसो साढे ४ बजे खोलामा पौडी खेल्दै गर्दा बगेका हुन्।

प्रहरीका अनुसार बहिनी गीताकुमारी बग्न थालेपछि दिदी मिनाकुमारीले बचाउने प्रयास गर्दा दुवैको मृत्यु भएको हो।

घटनापछि प्रहरी र स्थानीयवासीले करिब दुई सय मिटर तल दुबैजनाको शव फेला पारेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले घटनाबारे जानकारी दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार