हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

शनिबार, ११ असोज २०८२

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग गरेका छन्।

जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न असफल भएको आरोप लगाउँदै उनले कार्कीलाई पदबाट हट्न आग्रह गरेका हुन्। साम्पाङले आफूले भनेजस्तो माग पूरा गर्न सक्ने दाबीसमेत गरेका छन्।

उनले भनेका छन्– “सुशीला जी, तपाईँले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न सक्नुभएन। राजीनामा दिनुस्! म गर्छु, उनीहरूको माग एक-एक गरेर पूरा गर्छु।”

hark-sts

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार