मधेसमा ७२ प्रतिशत धान रोपाइँ, स्यालो टयुवबेल वितरण प्रक्रिया सुरु

शुक्रबार, २३ साउन २०८२
सांकेतिक फाईल

जनकपुरधाम : पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ । पानीे पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ । 

यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ । “सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ”, निर्देशनालयका  वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने ।

उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय ९गण्डक० का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताउनुभयो । 

यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो टयुवबेल वितरण प्रक्रिया सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार