सहकारीबाट रकम चोरी गर्नेमध्ये तीनजना जेल चलान

शुक्रबार, ०८ बैशाख २०८०
विराटनगर । सहकारी तोडफोड गरी रकम चोरी गरेको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जनालाई जेल चलान गरिएको छ । मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोरेर ७ लाख ७७ हजार चोरी गरेको आरोप उनीहरमाथि छ । प्रहरीका अनुसार उक्त समूहका एकजना भने धरौटीमा रिहा भएका छन् । मोरङ जिल्ला अदालतको आदेशअनुसार अभियुक्तहरु दिलिपकुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार अदालतको आदेशअनुसार मिथिलेश महतो भने २ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार