धरान । प्रदेशको नामकरण विरुद्धको आन्दोलनमा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा लाजेहाङको परिवारलाई ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
प्रदेश नम्बर १ पहिचानी संघर्ष समिति हङकङले हङकङमा संकलन गरेको रकम किरात राई यायाक्खा सुनसरी मार्फत् सहिद लाजेहाङकी आमा धनमाया लिम्बूलाई हस्तान्तरण गरिएको थियो ।
किरात राई यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ राईले पहिचानको आधारमा प्रदेशको नामकरण भइदिएको भए धनजनको क्षति व्यहोर्नु नपर्ने बताए ।
सरकारले अविलम्ब वार्ता मार्फत् समस्याका समाधान गरिदिन आग्रह गर्दै आन्दोलनबाट सबैपक्षलाई घाटा मात्र हुने उनले बताए ।
सहिद लाजेहाङकी बहिनी पवित्रा सुब्बाले पहिचानी आन्दोलनलाई सम्बोधन गर्दै सरकारलाई माग पूरा गरिदिन आग्रह गरिन् ।
उनले आफ्नो दाजुले जस्तो अरुले ज्यान गुमाउने अवस्था नआओस् भन्ने कामना गरिन् ।
प्रतिक्रिया