नेपाल बैङ्क र न्युरो कार्डियो अस्पतालबिच स्वास्थ्य सेवामा विशेष छुट सम्झौता

शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ :नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड र मोरङको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

यस सम्झौताअन्तर्गत नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालमा प्रदान गरिने विविध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।

सम्झौतामा बैङ्कको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र अस्पतालको तर्फबाट निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए।

यस साझेदारीले बैंकका ग्राहकलाई स्वास्थ्य सुविधामा सहज पहुँच र आर्थिक राहत उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार