युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ : प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत ९युके० पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

निज कार्की नयाँ बानेश्वर काठमाडौँमा रहेको शिक्षा खोज नेपालका सञ्चालकसमेत रहेको र निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार