झापा : झापामा १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत भदौ ५ गते साँझ करिब ६ बजे पीडित किशोरीलाई पाथीभरा सामुदायिक वनमा ललाई–फकाई तथा डर–त्रास देखाउँदै करणी गर्ने प्रयास गरिएको आरोप लागेकाे हो । घटनाबारे सूचना भदौ ८ गते झापाको प्रहरी परिसरमा प्राप्त भएपछि तत्काल दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानपछि भदौ ९ गते जिल्ला प्रहरी कार्यालयले दुवै अभियुक्तलाई सम्मानित जिल्ला अदालत झापामा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि ५ दिन म्याद अनुमति दिएको छ ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रतिक्रिया