धरानमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु , एक घाइते

मंगलबार, १० भदौ २०८२

धरान ः धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ,भने एक जना घाइते भएका छन् ।

आज बिहान करिब १०ः१५ बजे विजयपुर चौकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका.–१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएका थिए । 

घाइते मगरलाई उपचारको लागि तत्काल धरान स्थित विपी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगिएकोमा उपचारको क्रममा १०ः४५ बजे उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

दुर्घटनामा अटो चालक धरान १४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएका छन् उनको विपी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने मोटरसाइकल र अटोलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । 
दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार