धनकुटा । नेपाल प्रेस युनियन कोशी प्रदेश कार्य समितिको धनकुटा–४ स्थित नुनथला होमस्टे (घरबास) मा शनिबार सम्पन्न दोस्रो बैठकबाट ‘धनकुटा घोषणापत्र’ सार्वजनिक गरिएको छ ।
प्रेस युनियनको जिल्ला शाखा अधिवेशन गर्न केन्द्रीय समितिले निर्णय गरिसकेको सन्दर्भमा कोशी प्रदेशका १४ वटै जिल्ला शाखामा तोकिएकै मिति भित्र अधिवेशन सम्पन्न गर्ने घोषणापत्रमा भनिएको छ ।
धनकुटाको पर्यटन विकासको लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासको लागि सञ्चारमाध्यम मार्फत प्रबर्द्धन गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानून निर्माण गर्न दवाब दिने निर्णय बैठकले गरेको छ ।
स्थानीय सरकारलाई स्थानीय सञ्चारमाध्यमको दिगो विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको जनाइएको छ ।
आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया