इटहरी : ठगी मुद्दामा फरार घोषित प्रतिवादी सरिता घर्ती क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स (UAE) बाट नेपाल ल्याइएको छ।
जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षीया घर्ती क्षेत्रीविरुद्ध जारी रेड नोटिसको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (ईन्टरपोल शाखा) को समन्वयमा उनलाई नियन्त्रणमा लिइएको हो।
नेपाल वायुसेवा निगमको उडानमार्फत नेपाल ल्याइएकी घर्तीलाई प्रारम्भमा प्रहरी वृत्त गौशालामा राखिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको अनुरोधअनुसार प्रहरी टोलीले उनलाई काठमाडौँबाट विराटनगर हुँदै इटहरी ल्याएको हो।
इटहरी प्रहरी प्रमुख प्रसनि धनबहादुर भुजेलको कमाण्डमा प्रहरी निरीक्षक यसोदा पाण्डेसहितको टोली खटिएको थियो। पक्राउ परेकी घर्तीलाई हाल थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया