एकीकृत बचत तथा ऋण सहकारीको छैटौं वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, १७ भदौ २०८२

बर्दिवास : एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभा तथा खयरमारा इकाई भेला सम्पन्न गरेको छ ।

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का र सहकारीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले सहकारीलाई अझ सुदृढ बनाउन पारदर्शिता, सहभागिता र सुशासनलाई आधार बनाउनुपर्नेमा जोड दिए । 

अध्यक्ष श्रेष्ठले “पारदर्शिता, सहभागिता र सुशासन” भन्ने नाराका साथ साधारणसभा सम्पन्न गर्न पाएकोमा गौरव व्यक्त गर्दै सदस्यकै विश्वास, सक्रियता र सहकार्यले मात्र सहकारी मजबुत हुने बताए । विगतको समीक्षा गर्दै आगामी वर्षका चुनौती र अवसरलाई सम्बोधन गर्ने बाटो यो साधारणसभाले तय गर्ने विश्वास व्यक्त गरेका छन् । 

सहकारीको मूल मन्त्रलाई आत्मसात गर्दै संस्था स्थानीय स्तरमा विश्वासिलो सहकारीका रूपमा स्थापित हुँदै गएको पनि उनको भनाइ छ । 

कार्यक्रममा विगत वर्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका योजनाहरू पनि सार्वजनिक गरिएको छ । 

WhatsApp Image 2025-09-02 at 8.50.07 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार