रतुवाको मासुसहित एक जना पक्राउ

बुधबार, १८ भदौ २०८२

कञ्चनपुर ।  दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई मंगलबार प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ । 

बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ । निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार