नेपालगन्ज : बाँकेमा दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका सालाकाे मृत्यु भएकाे छ ।
खजुरा गाउँपालिका वडा नम्बर ६, गिजरामा दिदी र भिनाजुकाे झगडा छुट्याउन गएका २२ वर्षीय अर्जुन रानामगरकाे मृत्यु भएकाे हाे ।
लाेग्ने-स्वास्नीका बीचमा भइरहँदा छुट्याउन पुगेका अर्जुनलाई भिनाजु दिपेश रामजालीले बियरकाे बाेत्तलले हान्दा मृत्यु भएकाे बाँके प्रहरी बताएकाे छ ।
भिनाजुले बियरकाे बाेत्तलले हान्दा गम्भीर घाइते भएकाे साला अर्जुनकाे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे थियाे ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले घरायसी झगडा अपराधमा परिणत भएकाे बताए । घटना आइतबार रातिकाे थियाे भने अर्जुनकाे हिजाे मृत्यु भएकाे हाे ।
प्रतिक्रिया