हत्यापछि भान्सा कोठामा श्रीमतीको शव पुर्ने गुरुङ पक्राउ

मंगलबार, १७ भदौ २०८२

अर्घाखाँची । श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले किरण गुरुङलाई पक्राउ गरेको छ । उनले ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका–४ पातले बस्ने ३६ वर्षीय गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार