पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका गम्भीर घाइते

बुधबार, १८ भदौ २०८२

काठमाडौँ : काठमाडौँको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका घाइते भएका छन् ।

पद्मोदय मोडबाट कमलादी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । 

दुर्घटनामा ९ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ घर भएकी ५ वर्षीय आशिका राई घाइते भएका छन् । 

विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचार हुँदै छ । आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ । माइक्रो चालक सिन्धुपाल्चोक घर भएका २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार