झापाबाट ९२ जना थुनुवा फरार

विहीबार, २६ भदौ २०८२

झापा । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयबाट ९२ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार ती थुनुवा विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अनुसन्धानको क्रममा रहेका थिए।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना गरी जम्मा ९२ जना थुनुवा भागेका हुन्।

आन्दोलन तीव्र भएपछि आन्दोलनकारीहरूले तीन वटै प्रहरी कार्यालयका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएपछि थुनुवाहरू फरार भएका थिए।

आन्दोलनकारीहरूले प्रहरी कार्यालयमा तोडफोड र आगजनी समेत गरेका थिए। यस क्रममा प्रहरी संरचनामा व्यापक क्षति पुगेको र फरार थुनुवाहरूको खोजीका लागि विशेष सुराकी तथा परिचालन सुरु गरिएको प्रहरीले जनाएको छ। घटनापछि झापा जिल्लाभर सुरक्षा सतर्कता कडा पारिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार