काठमाडौँ : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य र प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाएका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन् -
“रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसमर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको छ।
लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिन- भदौ २७ गते।”
थापाले यस घटनालाई नेपालको संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यमाथि गम्भीर चुनौतीको रूपमा मूल्याङ्कन गरेका छन्।
प्रतिक्रिया