काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबारे देखाएको चासोलाई स्वागत गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले जेनजीका धेरै नागरिक मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै आफूहरुले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
प्रतिक्रिया