काठमाडौं : नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतिक पनि हो ।
सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै विते । हालैका ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नयाँ ढंगल व्याख्या गर्न थालिएको छ । जसका कारण संविधान लेख्नु मात्र नभइ त्यसको अर्थ जीवित राख्नुलाई महत्वपूर्ण मानिएको छ ।
लोकतन्त्रका लागि होइन भने संविधान कागज र पर्खालमात्र हो । तर जब युवाहरुको आवाज सडकबाट उठ्न थाल्छ त्यो पर्खाल भत्कन्छ भन्ने कुरा आन्दोलनले पुष्टि गरेको हो कि भन्ने अनुभुत समेत गराउँछ ।
सामाजिक असमानता, भ्रष्टाचार र युवाहरुमा अवसरको कमीका कारण जेनजी आन्दोलन सुरु भयो । जसका कारण संविधानबारेको बहस त अब सैद्धान्तिक मात्र होइन, व्यवहारिक आवश्यकता पनि बनेको छ ।
‘जेन्जी’ आन्दोलनको सवाल
संचार माध्यमहरूमा सामाजिक सञ्जाल बन्दले थिचिएको जनआवाजलाई बाहिर ल्याउन आन्दोलन एक बलियो आधार बन्यो । यही मौकामा भ्रष्टाचार र राजनीतिमा पुराना नेताहरूको हाबी साथै युवाहरुलाई जिम्मेवारी नदिनेगरी भएका निर्णय प्रक्रियाले असन्तुष्टि वा क्रोध बढाएको प्रष्ट हुन्छ ।
सामाजिक सञ्जाल नियन्त्रणको अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता राजनीतिक संरचनामा युवाको सहभागिता र नेतृत्व पदहरूमा परिवर्तन गर्नुपर्ने, संविधान संशोधन जसले शक्ति सन्तुलन, न्यायपालिकाको स्वतन्त्रता, लोकतान्त्रिक प्रक्रिया र नागरिक अधिकारमा सुधार होस् भन्ने माग उनीहरुको थियो ।
संविधानको प्रासंगिकता र संवैधानिक व्यवस्था
संविधान दिवसले हामीलाई सम्झाउँछ कि संविधान केवल राजनीतिक समझदारी होइन । यो मानवीय अधिकार, न्याय, समानता र कर्तव्यको संग्रह हो । तर संविधान लेखिएको सन् २०१५ मा धेरैले यसको प्रक्रिया र सामग्रीमा त्रुटिहरू रहेको भन्दै आपत्तिका आवाजहरु उठेका थिए । मधेसी, थारू र अन्य अल्पसंख्यक समूहका अधिकार, सीमा र समावेशीकरणका विषयहरूमा ब्यापक बहस भएको थियो । संविधान संशोधनको प्रक्रिया तोकिएको भएपनि राजनीतिक दलका शक्ति संरचनाहरूले बहुधा राजनीतिक स्वार्थलाई प्राथमिकता दिएपछि विस्फोटको अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ ।
संविधान दिवसले अहिलेका आन्दोलनको कल्पना र संवैधानिक नियमावली बीचको दूरीलाई स्पष्ट रुपमा देखाउँछ । संविधानले प्रत्यक्ष ‘अन्तरिम सरकार’ को प्रावधान गर्दैन; तर संसद विघटन र नयाँ चुनावको व्यवस्था संविधानमा नै सम्भव छ । अर्थात्, अन्तरिम सरकारको गठन संवैधानिक नियमावलीको दायरा भित्र नरहोस् भन्ने अर्को दृष्टिकोण पनि छ । जसले यसलाई अस्थायी र संवेदनशील बनाउँछ । तर घट्नाक्रमले सिर्जना गरेको परिस्थिति र सडकको आवाजलाई संविधानले सम्बोधन नगरेपनि परिस्थिति अनुसार सम्बोधन गर्नुपर्ने बाध्यता देखिन्छ ।
संविधान परिमार्जन कि संशोधन ?
‘जेन्जी’ आन्दोलनका क्रममा संविधानको गम्भीर परिमार्जनको कुरा उठ्यो । यसका पक्ष र विपक्ष मतहरु उठिरहेका छन् । छिटो सुधार र परिवर्तनका लागि मार्ग खुल्ने, वर्तमान राजनीतिक दल र सत्ता संरचनाले प्रतिरोध गर्ने सम्भावना र युवा अपेक्षाहरू एवम लोकतन्त्रको भावनालाई संविधानले सम्बोधन गर्छ कि गर्दैन भन्ने बहस जारी छ । तर संविधानको व्यावहारिक पक्ष स्पष्ट देखिदैन् । अब संविधान संशोधन कि परिमार्जन भन्ने बहस सुरु हुनु अनौठो होइन । संशोधन गर्नका लागि संसदको समर्थन आवश्यक हुनेछ, जुन वर्तमान अवस्थामा सत्तारूढ दल र विपक्षी दलहरूको सहमतिको प्रश्न हो । अनि सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयको भूमिका पनि महत्त्वपूर्ण हुनेछ । अन्तरिम सरकारले यि कुनैपनि विषयमा काम गर्नसक्ने संभावना देखिदैन् ।
संविधान दिवसको सन्देश र भविष्यको बाटो
परिवर्तनको भूमिका स्वीकार्नु संविधान केवल नियम होइन, जीवनको अनुभूति हो । युवाहरुले जुन प्रकारले अधिकार, न्याय र पारदर्शिताका लागि आवाज उठाएका छन्, त्यो सुनिनु पर्छ । संलग्नता र सहभागिताको सुनिश्चितता, नयाँ नीति, न्यायपालिका र शासकीय संरचनामा युवाको प्रतिनिधित्व सामाजिक न्यायका लागि निहित आवश्यक छ ।
संविधान दिवस नेपालको लागि केवल उत्सव होइन, निर्णयको मोड हो । ‘जेन्जी’ आन्दोलनले देखायो कि युवा शक्ति अब मौन छैन । उनीहरु अपेक्षा मात्र होइन, व्यवहारिक उत्तर चाहन्छन् । सरकार र सम्भावित संविधान संशोधनको प्रक्रिया संवैधानिक प्रावधान र राजनीतिक इच्छाशक्तिको मेल भयो भने मात्र लोकतन्त्रले मजबुती पाउनेछ । संविधान दिवसले संविधानलाई सुरक्षित, सहभागी र न्यायपूर्ण बनाएर अघि बढ्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती दिएको छ ।
प्रतिक्रिया