काठमाडौँ : नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले तत्काल विशेष महाधिवेशन वा महासमिति बैठक बोलाउन माग गरेको छ ।
शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले वर्तमान विकसित घटनाक्रमले पार्टी र पार्टी नेतृत्वप्रति फरक–फरक धारणाको विकास भएको भन्दै सोही अनुसार अगाडि बढ्नु पर्ने भएकाले नयाँ पुस्तालाई प्रधानमन्त्री र पार्टी नेतृत्वको भूमिकामा स्थापित गरेर मात्रै अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ ।
सोअनुसार सोको व्यवस्थापनका लागि अभिलम्ब विशेष महाधिवेशन वा महासमितिको बैठक बोलाई उक्त बैठकको निर्णय बमोजिम अगाडि बढ्न केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत जिल्ला कार्यसमितिले गरेको छ ।
यस्ता छन् निर्णयहरू-
प्रतिक्रिया