लोकतन्त्र कमजोर पार्ने उद्देश्यका लागि दल निषेध स्वीकार्य छैन

शुक्रबार, ०३ असोज २०८२
file pic

काठमाडाैं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान दिवसको अवसरमा शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बलिदान दिइरहेका राजनीतिक दलहरूलाई निषेध गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।

पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर पारेर वा निषेध गरेर अघि बढ्न सक्दैन भनी स्पष्ट पारेका छन्।

उनका अनुसार कुनै राजनीतिक दलको नीतिहरू मन परेन भने नयाँ दल खोल्ने स्वतन्त्रता संविधानले सुनिश्चित गरेको छ। “जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरूले मात्र एकाधिकार पाउँछन् भन्नेकुरा संविधानले मान्यता दिएको छैन,” उनले भने।

महासचिव पोखरेलले नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता भएको स्मरण गराउँदै भने, “नेकपा एमाले र नेपाली कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति यदि कसैले ल्याउन सके त्यो अधिकार संविधानले रोक्दैन।

लोकतन्त्रमा नयाँ विचार र नयाँ दलको उपस्थितिलाई स्वागत गर्नुपर्छ।”

उनले नव युवाहरूको आन्दोलनको नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पार्ने खतरा उत्पन्न गरेको पनि बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार