राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त

आइतबार, ०५ असोज २०८२

काठमाडौं : सरकारले टेकेन्द्र कार्कीलाई राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर प्रमुख) को मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई प्रमुखमा नियुक्त गरेको हो । जुम्ला घर भएका कार्की २०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए ।

गुप्तचर प्रमुख हुतराज थापा भदौ २८ गते तीन वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएपछि विभाग प्रमुखको पद रिक्त थियो । कार्कीले यसपटक आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पार्दै प्रमुख पदमा नियुक्ति पाएका हुन् ।

सरकारमा जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले उनलाई प्रमुख बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार