सङ्गीता मिश्र स्वास्थ्य मन्त्री बन्दै

आइतबार, ०५ असोज २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता मिश्रलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको पाँच मन्त्रीको नामावलीमा मिश्रको नाम पनि समावेश छ। स्वास्थ्य मन्त्रालयसहित कृषि, सञ्चार र शिक्षा मन्त्रालयमा नयाँ मन्त्री सिफारिस गरिएका हुन्।

पूर्व अतिरिक्त सचिवसमेत रहेकी डा. मिश्रले आइतबार मात्रै राजीनामा दिएकी थिइन्।

तत्कालीन मन्त्री प्रदीप पौडेलले सिनियरका आधारमा स्वास्थ्य सचिवमा नियुक्त नगरेको भन्दै आफू अन्यायमा परेको धारणा व्यक्त गर्दै मिश्र करिब ६ महिना बिदामा बसेकी थिइन्।

सरकारले अन्य मन्त्रालयका लागि पनि नयाँ नाम सिफारिस गरेको छ।

कृषि मन्त्रालयमा पूर्व राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, सञ्चार मन्त्रालयमा वरिष्ठ पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सिफारिस गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार