धरानबाट भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण सुरु

आइतबार, १० बैशाख २०८०
धरान । कोसी प्रदेशमा नै सबैभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबास रहेको क्षेत्र धरानबाट लालपुर्जाको निस्सा वितरण कार्य सुरु भएको छ । धरानको वडा नं. ५ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जाका निस्सा वितरण कार्य सुरु भएको हो । वडाका निसनडाँडा, कागुने, जरायल र देवीगाँउका स्थानीयलाई निस्सा वितरण गरिएको वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिएका छन् । आजबाट सुरु भएको निस्सा वितरण कार्य २० गतेसम्म रहने वडाध्यक्ष लिम्बूले जानकारी दिए । त्यस्तै धरानका १३ र १६ नं. वडामा पनि निस्ता वितरण कार्य भइरहेको   राष्ट्रिय भूमि आयोगका इकाई प्रमुख वेद प्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार धरानमा नापी कार्यको समेत थालनी भएको छ । धरान १३ स्थित राई टोल र ओशो पार्कमा नापीको कार्य थालनी गरिएको सापकोटाले जानकारी दिए । कोसी प्रदेश साँसद् रमेशकुमार बस्नेतको प्रमुख अतित्थ्यतामा भूमि आयोग सुनसरीका अध्यक्ष भगिराज खत्वे लगायतकाले उपस्थितमा निस्सा वितरण कार्य सुरु भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार