विवाद रहकै बेला धरानका मेयर साम्पाङले किन राखे तरहरा नजिकै सीमा बोर्ड ?

आइतबार, १० बैशाख २०८०
इटहरी  l धरान उपमहानगरका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङले विवाद रहेकै बेला एकाएक इटहरी र धरान छुट्याउने बोर्ड राखेका छन् । आज अपरान्ह तरहरा उत्तर पानीपियामा सीमा प्रारम्भ लेखिएको बोर्ड राखेका हुन् । काँडेतारले बेरेर राखिएको बोर्ड धरान उपमहानगरले इटहरीसँग छलफल नै नगरी त्यहाँ राखेको हो । इटहरी उपमहानगर वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठले विवाद रहेकै बेला यसरी बोर्ड राख्न नहुने बताए । उनले भोगाधिकारका आधारमा तत्कालीन हाँसपोसा गाउँ विकास समितिले उपभोग गर्दै आएको र सिमाना कहाँबाट भन्ने प्रस्ट नरहेको जानकारी दिए । धरानले आफ्नो नक्सामा गलत तरिकाले राखेको बताउँदै इटहरीले त्यो बेला कुनै चासो नराख्दा समस्या भएको बताए । यो एकाएक राखिएको छ । उनले भने “वार्ताबाट समस्या समाधान गर्नु पर्छ, हामी वार्ताको पहल गर्छौ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार