सप्तरी : बडादशैंको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ ।
विजया दशमीको अवसरमा उल्लेख्य सङ्ख्यामा राँगोको बली दिइने यस मन्दिरमा नेपाली एवं छिमेकी भारत बिहारका श्रद्धालु भक्तजनसमेतको बाक्लो उपस्थितिमा हरेक वर्ष मेला लाग्ने गर्दछ ।
मन्दिरको राँगा दर्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष ६१८ वटा राँगाको बली दिइएको थियो ।
मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका वीरेन्द्र माझीको राँगाको सुरुमा बली दिइएको थियो ।
कङ्कालिनी नगरपालिका–१ का अध्यक्ष सुरेन्द्र मण्डलका अनुसार त्यसपछि देशका विभिन्न ठाउँ र भारतको बिहार राज्यबाट ल्याइएका पशुहरुको बली दिइएको थियो ।
प्रतिक्रिया