तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा. वाग्लेको अग्रता

सोमबार, ११ बैशाख २०८०
काठमाडौँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ बजेसम्म १० हजार ६३८ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  पाँच हजार ९  सय मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार ६ सय ८७ र नेकपा एमालेका सर्वेन्द्र खनालले एक हजार ६ सय ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार