विराटनगर। कोशी प्रदेश सरकारले अविरल वर्षा र बाढीपहिरोबाट प्रभावित मोरङ, इलाम र झापाका जिल्लाहरूमा राहत सामग्री पठाएको छ। आन्तरिक मामला तथा कानुन मन्त्रालयका अनुसार, सडक मार्ग प्रयोग गरेर पुग्न सकिने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री वितरण गरिएको छ।
प्रदेश सरकारले विपद प्रभावित क्षेत्रहरूमा निरन्तर राहत पुर्याइरहेको छ। आज बिहान मुख्यमन्त्री हिक्मत कुमार कार्की आफैले स्थलगत निरीक्षणका लागि इलाम पुगेका थिए र त्यहाँ राहत सामग्री पनि लिएर गएका थिए ।
इलाममा सुरक्षा निकायसँग बैठक समेत गरेपछि मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको क्षमता अनुसार प्रभावित सबै क्षेत्रमा राहत सामग्री पुर्याउने काम सुरु गरिएको जानकारी दिए ।
प्रतिक्रिया