मोरङको केराबारीमा ३४ वर्षीय पुरुषको शव फेला

मंगलबार, २१ असोज २०८२

विराटनगर । मोरङको केराबारीमा पुरुषको शव फेला परेको छ । केराबारी गाउँपालिका–१ पाटीगाउँका ३४ वर्षीय गोरे भनिने रामबहादुर लिम्बू मङ्गलवार बिहान आफ्नै अम्लिसो बारीमा मृत फेला परेका हुन् । 

लिम्बू शनिबारदेखि बेपत्ता रहेको परिवारले जानकारी दिएको थियो । खोजीका क्रममा मङ्गलवार बिहान करिब ११ः५० बजे घर नजिकै रहेको अम्लिसो बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक लिम्बूको मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली खटिएको छ ।

शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । लिम्बूको मृत्युको कारण हालसम्म खुल्न बाँकी रहेकाले विस्तृत अनुसन्धानपछि मात्र यथार्थ थाहा हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार