राष्ट्रिय परिचयपत्रका लागि विराटनगरका सबै वडाबाट विवरण संकलन

सोमबार, ११ बैशाख २०८०
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगामी असार मसान्तसम्म विवरण संकलन गर्ने कार्य सञ्चालन हुनेछ । नगर क्षेत्रमा यही शुक्रबारदेखि सुरु हुने परिचयनपत्र विवरण संकलन गर्ने कार्य प्रत्येक वडाहरुका दुईदेखि तीन स्थानमा गर्नका लागि आवश्यक जनशक्तिलाई तालिम तथा अभिमुखीकरण सुरु गरिएको महानगरले जनाएको छ । मोरङका १७ पालिकामध्ये यसअघि नै १६ पालिकामा परिचयपत्र विवरण अभियान सुरु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक २५० नागरिकको विवरण संकलन गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार