इटहरी । इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरूलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ रमेश प्रसाईँको शब्द तथा सङ्गीत रहेको ‘एक दिन’ बोलको गीतमा लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरूले अभिनय गरेका छन् ।
प्रितम आचार्य र तुलसी घिमिरेको स्वर रहेको उत्त गीतलाई रोहन देवकोटाले एरेन्ज र उत्सव आचार्यले मिक्सिङ मास्टरिङ गरेका छन् । उक्त गीतको भिडियोलाई इटहरीको ड्रिम्स फोटोग्राफीले पोस्ट प्रोडक्सन गरेको छ । तुलसी घिमिरेले निर्देशन गरेको भिडियोलाई इटहरीका व्यस्त फोटोग्राफर संयोगजङ बिस्टले छायांकन ,सम्पादन र भिडियोमा कलर भरेका छन् ।
भिडियो इटहरीको ओसियन पार्क, गोकुलम रिसोर्ट, रङ्गशाला लगायतका स्थानमा छायाङ्कन गरिएको छ । लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेता हुनेहरूमा प्रथम लिट्टिल मिस्ट्रर इटहरि रिहान दाहाल, प्रथम लिट्टिल मिस इटहरी नम्रता श्रेष्ठ, फर्स्ट रनरअप अर्चित भट्टराई, फर्स्ट रनरअप रिहाना ओझा, सेकेण्ड रनरअप द्रिस्य बराल, सेकेण्ड रनरअप बिमिसा रेग्मी रहेका छन् ।
फाउन्डेसनले आयोजना गरेको सौन्दर्य प्रतियोगीताकलाई पाथीभरा जब लिङ्कले टाइटल स्पन्सर गरेको थियो ।
प्रतिक्रिया