गृहमन्त्रालय तानिए मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराई

मंगलबार, १२ बैशाख २०८०
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृह मन्त्रालयमा तानिएका छन् । मन्त्रालयले वीरेन्द्र यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । यादव यसअघि सखुवासभामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएर आर्थिक चलखेल गरेको आरोपमा गृहमन्त्रालयले भट्टराईलाई छानविनको दायरामा पार्दै मन्त्रालयमा तानेको स्रोतले बताएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईसँगै सूचना प्रविधि शाखा प्रमुख मुकेश रेग्मीलाई पनि गृहमन्त्रालयमा तानेको जनाइएको छ । भट्टराईले २०७९ माघ १३ गतेदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार