काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलामका तत्कालीन डिभिजनल वन अधिकृत दान बहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख १८ हजर ९३७ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।
हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) कार्यरत श्रेष्ठले २०४८ सालदेखि २०८० सम्मको परिवारसहित आय अनुसार २ करोड १६ लाख ८५ हजार आम्दानी देखिएको तर उनको सो समयमा ३ करोड ६० लाख सम्पत्ति देखिएकोले एक करोड ४३ लाख १८ हजारको स्रोत पुष्टि नभएको जनाएको छ ।
अख्तियारले विशेष अदालत काठमाडौँमा स्रोत नखुलेको रकम बराबरको बिगो र कानुन अनुसारको जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
प्रतिक्रिया