रवि लामिछानेको मुद्दामा आज सुनुवाई

विहीबार, २० कार्तिक २०८२

बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध सम्बन्धी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमाथि आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ इजलासमा मुद्दाको पेशी ३ नम्बरमा छ । यसअघिको पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका थिए । त्यसअघि लामिछानेको मात्रै निवेदनमाथि सुनुवाइपछि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले जोशीको निवेदन समेत एकै प्रकृतिको भएकोले दुवैलाई साथमै राख्न भनेको थियो ।

लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका छन् । लामिछानेले बिगोबराबरको बैंक ग्यारेन्टी समे बुझाए पनि यसअघि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत गएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार