लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स र चालक सहित २ जना पक्राउ

विहीबार, २० कार्तिक २०८२

मोरङ  । मोरङको जहदा गाउँपालिका - ३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते राती विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाट खोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका ३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रङ्गको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए सँगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर ५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स सँगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका ३ का ३२ वर्षीय दिलीप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार